भक्तपुर दरबार स्क्वायरमा आज विश्वकप ट्रफी राखिने

काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीका लागि आज बुधबार भक्तपुर दरबार स्क्वायरमा राखिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार बिहान ११ बजेबाट भक्तपुर दरबार स्क्वायरमा राखिने जनाएको छ।अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आईपुगेको हो ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याईएको हो । यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो ।टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याईएको हो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ ।विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो ।
अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।
विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया