शुक्रबार, मंसिर १२, २०८२

भक्तपुर दरबार स्क्वायरमा आज विश्वकप ट्रफी राखिने

मेरोन्यूज २०७९ भदौ १५ गते ११:५९

काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीका लागि आज बुधबार भक्तपुर दरबार स्क्वायरमा राखिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार बिहान ११ बजेबाट भक्तपुर दरबार स्क्वायरमा राखिने जनाएको छ।अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आईपुगेको हो ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याईएको हो । यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो ।टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याईएको हो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ ।विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो ।

अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।

विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया