शुक्रबार, वैशाख २५, २०८३

झापा १ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस

मेरोन्यूज २०७९ भदौ १६ गते १२:५७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो।

Advertisement
NiccNicc

आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए। २०७४ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी भएका थिए। नेकपा एमालेबाट यो क्षेत्रमा रवीन कोइराला दाबेदार छन्। कोइरालाले २०७० को चुनावमा शर्मालाई हराएका थिए।

महामन्त्री शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट आफू चुनाव नउठ्ने बताइरहेका थिए। तेस्रो प्रयासमा चुनाव जित्ने दाबी उनको थियो।

प्रतिक्रिया