चोलेन्द्रशमशेरसँग आइतबार फेरि बयान लिइने
मेरोन्यूज
२०७९ भदौ १६ गते १३:५३

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ।
राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको हो। बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको थियो।
बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई आइतबारका लागि बोलाएको समितिका एक सदस्यले जानकारी दिए।
यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने कुरा गरेका थिए।
उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन्।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया