नेप्से १.०८ अंकले ओरालो
मेरोन्यूज
२०७९ भदौ १६ गते १६:३२

काठमाडौं । सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । बुधवार करिब २२ अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको छ ।
बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको सेयर सामान्य घटेको छ । अरू समूहको सेयर सामान्य बढेको छ । यस्तै २२५ वटा कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाख २ हजार १६२ रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो । राप्ति हाइड्रो र गणपति लघुवित्तको सेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया