चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली भदौ २७ देखि २९ सम्म नेपाल भ्रमणमा आउँदै

काठमाडौं । संघ र प्रदेशको निर्वाचनको चहलपहल भइरहेको बेला चीनबाट उच्चतहको भ्रमण हुन लागेको । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालको तीन दिने भ्रमण गर्न लागेका हुन् ।
ली भदौ २७ देखि २९ सम्म तीन दिनेसम्म नेपालको भ्रमण गर्न लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनबाट पछिल्लो समय पटक–पटक नेपालको भ्रमण भइरहेको छ । उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका समेत स्रोेतले बतायो । साउनमा महिना नेपालको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले पनि चीनको भ्रमण गरेका थिए ।
चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् ।
सीले २०७६ साल असोज २५ र २७ तीनदिने उच्च तहमा राजकीय भ्रमण गरेका थिए । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए भने चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालको भ्रमण गरेका थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया