गगन थापाले भने : अफताव आलम कांग्रेसका उम्मेदवार बन्दैनन्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कारागारमा रहेका कांग्रेस नेता मोहमद अफताव आलमलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबनाउने बताए ।
शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान ‘बाआमा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले आलमलाई उम्मेदवार नबनाउने बताएका हुन् । उनले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवारी नबनाउने स्पष्ट बनाएका थिए ।
महामन्त्री थापाले संविधानले बर्जित गरेको काम पार्टीबाट नहुने दाबी गरे । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताएका थिए ।
‘नायनराज दाइले गगन थापाको पार्टीले भन्नु भयो, उहाँ पनि यही पार्टीमा काम गर्नु भएको हो पहिला, संविधानले, विधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय,’ महामन्त्री थापाले भने, ‘हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु ।’
महामन्त्री थापाले नियम र कानूनले मात्रै समाज नचल्ने र समाच चल्नका लागि प्रेम र करुणा चाहिने बताए ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया