मिथुनलाई अर्थ लाभ हुने योग, तपाइँको राशिफल कस्तो ?

आजको पात्रो: आज १८ भदौं, २०७९, शनिवार । तद्नुसार सेप्टेम्बर महिनाको ३ तारिक २०२२ । भाद्रशुक्लपक्ष सप्तमी तिथि, बणिज करण, अनुराधा नक्षत्र, वैधृति योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः४४ मा सूर्यास्त ६ः२३ मा हुनेछ । आज विहान ०८ः५४ देखि १०ः२९ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्दा राम्रो हुन्छ । आजको देवता दिती र ग्रहदेव गुरु रहेको छ । शनिवारको दिन कुनै पिपलको वृक्षमा जल अभिषेक गर्दा शुभ हुनेछ । शनिवारको दिन शनिदेवको उपासना गर्नु उत्तम हुनेछ । शनिवारको दिन फलामका सामानहरु खरिद गरेर दान दिदा शुभ हुनेछ । यात्रा गर्नु परेमा पूर्व दिशा तर्फ फर्केर गर्नुहोला ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन व्यापार ब्यवसायबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाइने छ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र यात्रा गर्नुपर्छ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ नैं हुनेछ । ब्यापारको कामबाट फाइदा हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । आजको दिन विहान स्नान गरेपछि सूर्योदयको दर्शन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन तपाईलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । आज विहान स्नान गरेपछि सूर्यनारायणलाई जल अर्पण र दर्शन गर्नुभयो भने तपाईको आजको दिन र साता नैं सफल हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
तपाईलाई आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । आज कुनै देवालयको दर्शन गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको आज आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी अथवा साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन शुभ कार्यको संभावना बढी हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईलाई सफलता मिल्नेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् । देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ । आजको दिन फलामका सामान खरिद गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको यात्राले खुसियाली छाउने छ । विहान स्नान, सूर्योदयको दर्शनपछि अध्यात्म ग्रन्थहरुको अध्ययन, मनन, चिन्तन र श्रवणले तपाईलाई उर्जा मिल्नेछ । आजको दिन शैक्षिक कार्ययोजना बनाउँदा सफलता मिल्नेछ । शिवालयको दर्शन गर्दा उर्जा मिल्नेछ ।
















‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया