एक खेलअघि नै नेपाललाई उपाधि, १६ रनले केन्या पराजित

काठमाडौँ । नेपालले एक खेल खेल्न बाँकी हुँदा नै केन्याविरुद्धको सिरिज जितेको छ । एक दिवसीय क्रिकेटको दोस्रो खेलमा नेपालले केन्यालाई १६ रनले पराजित गर्दै उपाधि जितेको हो ।
नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभर खेल्दै अलआउट भएको थियो । केन्याले राखेप पटेलको ८४ रनको योगदानमा २१४ रन बनाउन सकेको हो ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले ४९.२ ओभर खेल्दै २३० रन बनाएर अलआउट भएको थियो ।
नेपालका लागि कप्तान पौडेलले सर्वाधिक ७८ रन बनाए । यसैगरी देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए ।
बलिङतर्फ नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ र सोमपाल कामीले ३ विकेट लिए । यस्तै, करण केसी, पावन सराफ र मोहम्मद आदिल अलामले समान १-१ विकेट लिए ।
यसैगरी, केन्याका लागि नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिएका थिए । ब्याटिङतर्फ राखेप पटेलले सर्वाधिक ८४ रनको योगदान गरे ।
यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको थियो । शुक्रबार भएको पहिलो एक दिवसीय खेलमा नेपाल विजयी भएको थियो । आजको खेल जितेसँगै नेपालले एक खेलअगाडि नै सिरिज हात पारेको छ ।
तीन खेलको एक दिवसीय सिरिजमा नेपालले लगातार दुई खेलमा जित हात पारेको हो । अर्को खेल साेमबार हुने छ ।
यस्तै, केन्यामै भएको टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल ३-२ ले विजयी हुँदै सिरिज हात पारेको थियो ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया