यी सात चिकित्सक संसद छिर्न चाहन्छन्, को-को हुन (नामसहित)

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट चिकित्सकहरु समेत उम्मेदवारीको आकाँक्षी देखिएका छन् । नेपाली कांग्रेसको सुभेच्छुक संस्था प्रजातान्त्रिक चिकित्सक संघले चिकित्सा पेशामा आफ्नो पहिचान बनाइसकेका चर्चित चिकित्सकहरुलाई सिफारिस गरेको छ।
संघले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई सात जना चिकित्सकलाई प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनाउन सिफारिस गरेको छ जसमा जसमा ७ चिकित्सकहरु रहेका छन् ।
यी चिकित्सक संसद भवन र्छिन चाहन्छन्
१. डा.अन्जनीकुमार झा :
डा. झालाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ महोत्तरी ४ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
२.डा .केदार नरसिंह केसी
डा. केसीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
३. डा. सन्तोष उपाध्याय
डा उपाध्यायलाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ अछामबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
४. डा. मुक्तिराम श्रेष्ठ
डा. श्रेष्ठलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ अर्घाखाँचीबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
५. डा. मोदनाथ मरहठ्ठा
डा. मरहठ्ठालाई प्रदेश साभा सदस्यका लागि प्रत्यक्ष तर्फ गोरखा २ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
६. डा.मनोहर दिन सैयद
डा. सैयदलाई प्रतिनिधि सभा समानुपातिक तर्फ काठमाडौं ६ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
७. डा. अजय शाह
डा. शाहलाई प्रदेश शभा प्रत्यक्ष तर्फ धनुषा-४ मा सिफारिस गरिएको छ।













ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया