इन्धनको मूल्य नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रमा विशाल प्रदर्शन

प्राग । इन्धनको बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रको राजधानी प्रागमा शनिबार विशाल प्रदर्शन भएको छ । करिब ७० हजार मानिस सहभागी रहेको उक्त प्रदर्शनका सहभागीले युरोपेली संघ ९ईयू० र नेटोको समेत विरोध गरे ।
कम्युनिस्ट पार्टीसहित दक्षिणपन्थी र साना राजनीतिक दलहरुका समूहबाट प्रतिनिधित्व गर्ने प्रदर्शनकारीले केन्द्रीय युरोपेली राष्ट्र सैन्य रूपमा तटस्थ हुनुपर्ने र रुसलगायतका ग्याँस आपूर्तिकर्ताहरूसँग प्रत्यक्ष सम्झौता सुनिश्चित गर्नुपर्ने माग गरे । प्रदर्शनमा करिब ७० हजार प्रदर्शनकारीको सहभागिता रहेको पहरीले अनुमान गरेको छ । एजेन्सी
‘हाम्रो प्रदर्शनको उद्देश्य परिवर्तनको माग गर्नु हो । बिजुली र ग्यासको समस्या समाधान गर्नु हो । यसले हाम्रो अर्थतन्त्रलाई शरद ऋतुमा ध्वस्त पार्छ’ कार्यक्रमका सह–आयोजक जिरी ह्याभेलले भने ।
सरकारले विश्वासका मत लिएको एक दिनपछि सरकारविरोधी विशाल प्रदर्शन भएको हो । विपक्षीले मुद्रास्फीति र ऊर्जाको मूल्यमा सरकार निष्क्रिय भएको आरोप लगाएका छन् ।











राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया