नबिल बैंक र दराजबीच सम्झौता

काठमाडौँ । नबिल बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यही आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।
दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा २,००० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ वा २,५०० सम्मको छुट प्राप्त गर्न सक्ने छन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।
दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए । रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्डवाहक माझ छुट्टै उत्साह थपिने कुरामा आफु विश्वस्त रहेको दराजका अरुण फुयालले बताए ।
नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी २३३ शाखाहरु र २६९ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।















वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
प्रतिक्रिया