एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ । बैंकले यही भाद्र १५ देखि कात्र्तिक १५ सम्म लागू हुने गरी यो योजना ल्याएको हो ।
यस योजनामा बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रकम पठाउन सक्ने छन् । सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआई एशिया मोबाइल बैंकिङ्गमार्फत आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने छ ।
यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङ्गभित्र रहेको आईरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्ने छन् । यसरी दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिने छ ।
यसबाहेक हाल बैंकले देशभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।















वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
प्रतिक्रिया