सोमबार, चैत २, २०८२

विदुरका श्रेष्ठले भेट्टाएको तीन लाख फिर्ता गरे

मेरोन्यूज २०७९ भदौ २० गते ११:४४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको रु तीन लाख सम्बन्धित धनीलाई नै फिर्ता गर्नुभएको छ । विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको रु तीन लाख सात सय ५० सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नं को गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा बुझाएसगैँ सम्बन्धित धनी खोजी गरेर हस्तान्तरण गरेको जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए ।

प्रतिक्रिया