बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु
मेरोन्यूज
२०७९ भदौ २१ गते १७:४०
काठमाडौँ । सोमबार एउटा गाडीले विस्फोटक पदार्थ इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी)लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
राजधानी ओउगाडोउगुको तर्फ जाँदै गरेको एस्कॉर्टेड आपूर्ति गर्ने काफिले उत्तरी शहर जिबो र बोरजाङ्गा बीचको विस्फोटक पदार्थ सित ठोकिँदा उक्त दुर्घटना भएको साहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले सोमबार साँझ बताएका छन् ।
‘नागरिकहरू बोकेको एउटा गाडीले इम्प्रोभाइज्ड विस्फोटक यन्त्रमा ठोक्किएपछि विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ, ३७ जना घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
बुर्किना फासोमा सन् २०१५ देखि असुरक्षा बढ्दै गएको छ । जसका कारण पश्चिम अफ्रिकी राष्ट्रमा हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । अन्य १९ लाखभन्दा बढी विस्थापित भएका छन् ।
सम्बन्धित

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया