अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको चुनावले कुनै निकास नदिने भन्दै केही समय निर्वाचन सार्नुपर्ने बताएका छन् ।आज रुपन्देहीको क्षेत्र नं १ स्थित देवदहमा आयोजित चुनावी सभामा उनले राप्रपा चुनावबाट नभाग्ने तर यो निर्वाचनले कुनै निकास दिन दाबी गरे । चुनावअघि नै राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरेर निर्वाचन सार्नुपर्नेमा उनका जोड थियो ।
‘हामीले हिजो पनि भनेका हौँ, आजपनि यो भनिरहेका छौँ, ८४ को चुनाव ०८२ मा सारेर समाधान हुँदैन, चुनावअघि राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरौँ नमिलेका विषय मिलाऔँ, निषेधको राजनीति लामो समय गर्यौ’ उनले भने–‘अब कसैले कसैलाई निषेध गर्ने र कसैले हार्नेगरी होइन, सबैले जित्ने र देशले पनि जित्नेगरी चुनावमा जाऔँ,यसपछि भविष्यमा कसैले विद्रोह गर्नुपर्दै भनेका छौँ तर जबरजस्त देश चुनावमा गएको छ, प्रजातान्त्रिक पार्टी भएकाले चुनावमा गएका छौँ ।’
उनले अहिले पनि राष्ट्रिय सहमतिमा सबै दललाई आउन आग्रह गरेको बताउँदै भने–‘चुनाव केही महिना पछि सार्नका लागि प्रस्ताव गरेका छौँ ।’
उनले अहिले मतदाताले विवेक प्रयोग गरेर देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरे।
उनले नयाँ शक्तिका रूपमा चर्चामा आएका शक्तिले देशलाई निकास नदिने दाबी गरे ।
‘देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन । देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस्’ उनले भने ।
















१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति
सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया