सोमबार, चैत २, २०८२

विद्युत प्राधिकरणसहित १७ संस्थालाई काठमाडौँ महानगरको निर्देशन, १० दिनभित्र कर बुझाउनु

मेरोन्यूज २०७९ भदौ २१ गते १९:१४

काठमाडौँ । काठमाडौँ महानगरले अवैध संरचना भत्काउन कामलाई निरन्तरता दिँदै ठूला करदातालाई निसाना बनाउन थालेको छ । केही दिनअघि मात्रै काठमाडौँ ‘फन पार्क’बाट कर असुली गरेको महानगरले संस्थालाई कर तिर्न निर्देशन दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महानगरले खाद्य संस्थान, मनमोहन मेमोरियल कलेज, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, जामे मस्जिदलगायत १७ ठूला संस्थाहरूलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन निर्देशन दिएको हो ।

महानगरका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटकपटक ताकेता भए पनि नबुझाएको भन्दै पत्र काट्नु परेको बताएका छन् ।

प्रतिक्रिया