अब ११ दिनमा सकिन्छ प्रतिनिधिसभाको कार्यकाल
समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्ने कार्यतालिका अगाडी नै प्रतिनिधीसभाको कार्यकाल सकिने

काठमाडौँ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले असोज २ मा समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका तोकिएकोले प्रतिनिधिसभाको कार्यकाल अव ११ दिनमात्रै बाँकी रहने भएको छ ।
सरकारले प्रतिनिधीसभा र प्रदेशसभाको कार्यकाल लम्बाउन ‘‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ संसदमा ल्याएपनि सरकार चौतर्फी विरोधपछि उक्त प्रस्तावबाट पछि हटेपछि अव प्रतिनिधीसभाको कार्यकाल जम्मा ११ दिनमात्र बाँकी रहन पुगेको हो ।
उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्र प्रतिनिधीसभाको कार्यकाल रहने छ । निर्वाचन आयोगले पनि समानुपातिक निर्वाचनका लागि बन्दसूची पेस गर्नु अघिल्लो दिन प्रतिनिधिसभाको कार्यकाल अन्त्य हुने घोषणा गरिसकेको छ ।
बन्दसूचीमा रहेका व्यक्तिको उम्मेदवारी त्यस्तो प्रतिनिधिसभा रहेसम्म कायम रहने व्यवस्था प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ३० मा छ । प्रदेशसभा निर्वाचनका हकमा पनि त्यही व्यवस्था छ ।
संविधानकै धारा ९१ (६) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा रहने व्यवस्था छ ।
‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ३७ मा बहालवाला संघीय संसद् वा प्रदेशसभाका सदस्यको निर्वाचनमा उम्मेदवार मनोनयन दर्ता भएपछि स्वतः पदमुक्त हुने व्यवस्था छ ।
दलहरुका वीचमा प्रतिनिधीसभाको कार्याकाल कहिलेसम्म रहने भन्नेमा विवाद थियो । कानुनविद्हरु पनि यसमा विभाजित भएका थिए । तर निर्वाचन आयोग, निर्वाचन आचारसंहिता र उम्मेदवारी मनोनयन भईसकेपछि पनि प्रतिनिधीसभा कायमै राख्नुै सम्वैधानिक रुपमा त्रुटीपूर्ण हुने देखिएपछि कार्यलका अव असोज १ सम्म मात्र कायम रहने छ ।
सरकारले गत चुनाव पछि पहिलो बैठक शुरु भएको दिनसम्मलाई कायम राखेर ५ वर्षको अवधी बनाउन खोजिएको थियो । तर त्यसको चौतर्फी आलोचना भएपछि सरकार उक्त विधेयक फिर्ता लिन तयार भयो । सरकार त्यस्तो प्रस्तावबाट पछि हटेपछि प्रतिनिधीसभाको कार्यकाल अब ११ दिनमात्र बाँकी रहन पुगेको हो ।

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया