आइतबार, फागुन १०, २०८२

रौतहट- ४ मा माओवादी नेता भट्टराई सर्वसम्मत सिफारिस

मेरोन्यूज २०७९ भदौ २२ गते ८:१९

गौर । मंसिर ४ मा हुन लागेको निर्वाचनमा प्रतिनिधीसभातर्फ रौतहट ४ बाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा युवा नेता युवराज भट्टराई (समिर) सर्वसम्मत सिफारिस भएका छन् । माओवादी केन्द्रले २२ भदौंसम्म उम्मेदवार सिफारिस गर्न गरेको आग्रहका आधारमा मंगलबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समिति, निर्वाचन परिचालन समितिको बैठकले उनलाई सर्वसम्मत उम्मेदवार बनाउने गरी सिफारिस गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

भट्टराई माओवादी केन्द्रको रौतहट जिल्ला इन्चार्ज पनि हुन् ।


प्रदेश सभा तर्फ भने ४ को (क) मा विरवहादुर गोले, देवेन्द्र पट्टेल र एकराज थापाको नाम सिफारिस भएको छ । त्यस्तै ४ को (ख) प्रदेश सभातर्फ नागेन्द्र यादव, ईद महमद मंसुरी र जितेन्द्र श्रीवास्तवको नाम सिफारिस गरिएको माओवादीको रौतहट जिल्ला समन्वय समितिले जनाएको छ ।

भट्टराई रौतहटका युवाहरुका वीचमा लोकप्रिय छन् ।

माओवादीमै रहेका प्रभु साह एमालेमा गएपनि सम्भावित क्षति रोक्न भट्टराईले निक्कै मेहनत गरेका थिए । मधेस प्रदेशका माओवादी नेताहरुमध्ये उनी इमान्दार, वैचारिक र मेहनती छन् । उनको मेहनतकै कारण प्रभु साहले माओवादीमा ठूलै क्षति रौतहटमा पुर्‍याउन चाहेपनि सकेका थिएनन ।


सत्ता गठबन्धन दलभित्र उक्त निर्वाचन क्षेत्र सिट बाँडफाँट गर्दा कुन दललाई पर्छ भन्ने नटुंग्गिएपनि माओवादीको जिल्ला इन्चार्ज नै रहेका भट्टराईको ब्यवस्थापनका लागि पनि उक्त निर्वाचन क्षेत्र माओवादीले पाउने सम्भावना अधिक रहेको छ ।

रौतहटकै अन्यमा यस्ता छन् सिफारिस भएका उम्मेदवार

क्षेत्र नम्बर १

संघीय संसदतर्फ प्रत्यक्ष

सत्यनारायण भगत

प्रदेश सभा प्रत्यक्ष

(क) मा श्री प्रसाद मुखिया, भागत नारायण यादव, राज नारायण रञ्जन

(ख) राम मन्दन प्रसाद महतो, राम विनय यादव, जयराम यादव, रामप्रवेश सिंह

प्रतिनिधि सभा समानुपातिक
खाली राखिएको ।

प्रदेश सभा समानुपातिक
प्रमोद दास, हिरा थापा, चन्द्रश्वर राउत, विरेन्द्र पांडे, धनगनती देवी, विजुली मती देवी, बन्दना झा, गिता महतो, राजेश दास, सीमा पटेल, नवल यादव, प्रमाउती पसवान, बमिल देवी

क्षेत्र नम्बर २

संघीय संसदतर्फ प्रत्यक्ष

सुरेन्द्र प्रसाद जैसवाल (अशोक)

प्रदेश सभा प्रत्यक्ष
(क) मा तोक्न बाँकी

(ख) कमरेज अख्तर, घरमेन्द्र प्रसाद पटेल,

प्रतिनिधि सभा समानुपातिक

अरुण जैसवाल, मो। जमकिर हुसैन

प्रदेशसभा समानुपातिक

रामप्रवेश सहनि, ललीता देवी

क्षेत्र नम्बर ३

संघीय संसदतर्फ प्रत्यक्ष

धिरज पटेल, बिन्देश्वर यादव, विषिन जयसवा

प्रदेश सभा प्रत्यक्षा
(क)मा ओहिद अंसारी
(ख)मा उपेन्द्र मुखिया, पुनम यादव

प्रतिनिधिसभा समानुपातिक

सारदा उप्रेति, नुरजहा खातुन, कमला पाण्डे, सुरजमान देवि पासवान

प्रदेशसभा समानुपातिक

खजानती महतो, एकरामुल हक, रामाकान्त चौधरी, उपेन्द्र सहनी, प्रल्लाद साह

क्षेत्र नम्बर ४

संघीय संसदतर्फ प्रत्यक्ष

युवराज भट्टराई (समिर)

प्रदेश सभा प्रत्यक्ष

(क)मा वीर बहादुर गोले, देवेन्द्र प्रसाद पटेल, एकराज थापा

(ख)मा नागेन्द्र यादव, ईद महमद मंसुरी, जितेन्द्र श्रीवास्तव

प्रतिनिधिसभा समानुपातिक

देवकी नेपाल, गणेश बस्नेत, सुनिल खरेल, अमित कुमार श्रेष्ठ

प्रदेशसभा समानुपातिक

कमल पहरी, घरीवन राम, पदम कुमारी राना, राम बहादुर घलान, टेकनाथ खरेल, सकिलिया खातुन, सोमरिया देवी

प्रतिक्रिया