जस्टिन बिबरले गरे विश्व यात्रा रोक्ने घोषणा

लसएञ्जल्स / अमेरिकी गायक जस्टिन बीबरले स्वास्थ्यको कारण देखाउँदै आफ्नो विश्व यात्रालाई रोक्ने घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत यो घोषणा गरेका हुन् ।
‘यो वर्षको सुरुवातमा मैले रामसे हन्ट सिन्ड्रोमका साथ आफ्नो लडाइँलाई सार्वजनिक गरेको थिएँ । यो बिरामीका कारण मेरो आधा अनुहार प्यारालाइस भयो । जसकारण मैले नर्थ अमेरिकामा कन्सर्ट गर्न सकिनँ । यद्यपि केही समयपछि म ठीक भएँ र मैले आफ्नो डाक्टर, परिवार र टीमसँग कन्सल्ट गरेर आफ्नो यात्रालाई पूरा गर्न युरोप पुगें’, उनले लेखेका छन् ।
उनी अगाडि लेख्छन्, ‘मैले त्यहाँ ६ लाइभ शो गरे । जसकारण मेरो स्वास्थ्यमा असर पर्यो । ब्राजिलका मानिसहरूलाई मनोरञ्जन दिन कुनै कमी बाँकी राखिनँ । तर अफस्टेजमा गएपछि मलाई निकै बढी थकान महसुस भयो । यहीकारण मैले पहिलो प्राथमिकता स्वास्थ्यलाई राखें । त्यहीकारण यो विश्व यात्राबाट तत्कालका लागि ब्रेक लिँदैछु । मलाई अहिले आरामको खाँचो छ ।’
जस्टिनले मार्च २०२३ सम्म दक्षिण अमेरिका, दक्षिण अफ्रिका, मध्यपूर्व, एसिया, युरोप, अष्ट्रेलिया र न्युजिल्यान्डमा प्रस्तुती दिने तयारीमा थिए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया