कोरियाले दिने ८ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनःएकीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर ९करिब १ अर्ब रुपैयाँ० बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।
२१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण कोरिया सरकारबाट उक्त अनुदान सहायात स्वीकार गर्ने निर्णय गरेको नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
यस्तै मंगलबारकै मन्त्रिपरिषद् बैठकले निजीकरण समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा एकीकृत समाजवादीका सांसद कृष्णलाल महर्जनलाई मनोनित गर्ने निर्णय गरेको उनले बताए ।
मन्त्रीपरिषद् बैठकले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तर सरकारी उपसमिति बैठकका लागि वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया