सभामुखसँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।
फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल सलमन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।
भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण पनि सो अवसरमा गरेका थिए ।
सापकोटाले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिएका थिए । भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल सलमनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गदैं जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल सलमनले बताएका थिए ।

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया