डिजिटल कृषिबारे घाम पावर नेपालले कार्यशाला गोष्ठि गर्ने

काठमाडौं । घाम पावर नेपालले नेपालमा डिजिटल कृर्षिको अवस्थाका विषयमा कार्यशाला गोष्ठि आयोजना गर्न लागेको छ । आगामी भदौं ३१ मा डिजिटल कृषिमा काम गर्ने संघ संस्था एबंम् सरोकारवालाहरू एक दिनको कार्यशाला गोष्ठी आयोजना गर्न लागेको घाम पावर नेपालका मार्केटिंग म्यानेजर वन्दना शाक्यले जानकारी दिइन् ।
गोष्ठीको प्रमुख उद्देश्य भनेको डिजिटल कृषिमा काम गर्दै आउनुभएको सरोकारवालाहरू ( सरकारी अधिकारीहरु, निजी कृषि कम्पनीहरु, विश्वविद्यालयका प्राध्यापकहरू, अनुसन्धान विशेषज्ञ, कृषि तथा इन्जिनियरिङ् विद्यार्थीहरू र किसानहरू लाई एकै ठाँउमा राखेर नेपालमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसरहरूको बारेमा छलफल गर्नु रहेको शाक्यले बताइन् ।
घाम पावर नेपाल सामाजिक उद्दम कम्पनी हो । ग्रामीण भेगमा जहाँ ग्रिडबाट बिजुली पुगेको छैन त्यहाँ यो सस्थाले सौर्य उर्जा मार्फत् उज्यालो छर्दै आइरहेको छ ।
सन् २०१५ मा तराईका ग्रामिण किसानहरूलाई भरपर्दो सिंचाइ प्रदान गरि उत्पादन र आम्दानी दोब्बर कसरी बढाउन सकिन्छ भनेर घाम पावरले वातावरण मैत्री सौर्य सिंचाइ प्रणालीमा काम गर्दै आइरहेको छ । सौर्य सिंचाइ प्रणाली सँगसँगै यो सस्थाले व्यक्तिगत कृषि सल्लाह र परामर्श पनि प्रदान गर्दै आइरहेको पनि शाक्यको भनाई छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया