हिमालयन बैंकको ऋणपत्रमा २९ भदौसम्म आवेदन दिन पाइने

काठमाडौं / हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद २९ भदौसम्म रहेको छ । पहिलो चरणमा सबै बिक्री नभएपछि आवेदन दिने समय लम्ब्याएर २९ भदौसम्म पुर्याइएको हो । बैंकले १५ भदौबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो ।
यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।
यो ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।
बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गरेको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया