पाँच तले भवन भत्किँदा दश जनाको मृत्यु
मेरोन्यूज
२०७९ भदौ २३ गते १५:३९

काठमाडौँ । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ ।
अल फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ ।
एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ ।
भत्किएको भवन गैर कानूनी तरीकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ । सिरियामा वर्षौंदेखि जारी युद्धले एलेप्पो सहर ध्वस्त भएको छ ।
यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही बासिन्दा क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनमा बस्छन् ।
सम्बन्धित
















पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया