मंगलबार, पुष ८, २०८२

पाँच तले भवन भत्किँदा दश जनाको मृत्यु

मेरोन्यूज २०७९ भदौ २३ गते १५:३९

काठमाडौँ । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ ।

अल फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ ।

एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ ।

भत्किएको भवन गैर कानूनी तरीकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ । सिरियामा वर्षौंदेखि जारी युद्धले एलेप्पो सहर ध्वस्त भएको छ ।

यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही बासिन्दा क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनमा बस्छन् ।

प्रतिक्रिया