सेना-प्रहरीदेखि वीर अस्पताललाई बहाल कर बुझाउन महानगरको पत्र
मेरोन्यूज
२०७९ भदौ २३ गते १६:५५

काठमाडौँ । काठमाडौँ महानगरले नेपाली सेना र नेपाल प्रहरीलगायत सरकारी निकायलाई १० दिनभित्र बहाल कर तिर्न आग्रह गरेको छ ।
सेना र प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएपछि महानगरले बहाल कर बुझाउन भनेको हो ।
महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित भएका शंकरदेव, आर.आर, नेपाल ल क्याम्पस, वीर अस्पताललाई पनि बहाल कर बुझाउन भनेको हो । यस्तै, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।
बहाल कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्ने महानगरले जनाएको छ ।


सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
प्रतिक्रिया