ट्रकको ठक्करबाट युवकको मृत्यु
मेरोन्यूज
२०७९ भदौ २४ गते २१:१५
काठमाडौँ । ओखलढुङ्गाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट युवकको मृत्यु भएको छ । आज ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका ८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको ज्यान गएको हो ।
जिल्लाको सिद्धिचरण नगरपालिका ११ रमाइलोडाँडामा मिलन चोकबाट आएर साइड लगाउने क्रममा ना २ ख ८७७९ नम्बरको ट्रकले बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको थियो । जिल्लामा उपचार सम्भव नहुने भएपछि अस्पतालले काठमाडौँ पठाएको थियो ।
उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए । प्रहरीले ट्रक चालक सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक नियन्त्रणमा लिएको छ ।
सम्बन्धित

















यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
प्रतिक्रिया