रेनोको दसैंँ-तिहार लक्षित ‘रेनो उत्सव’

काठमाडौँ । रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, दुई वर्षका लागि निःशुल्क सर्भिसिंगको साथै एक्स्चेञ्ज बोनस, लोयल्टी बोनसलगायत अन्य आकर्षक अफर प्राप्त गर्न सक्ने छन् । यसको साथै रेनो उत्सवअन्तर्गत उपभोक्ताले स्योर शट इजी फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेञ्जको पनि लाभ उठाउन सक्ने छन् ।
नेपालीहरूको महान चाड विजया दशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्देश्यको साथ यी अफर ल्याइएको कम्पनीले जनाएको छ । यो अफरसँगै नेपाली उपभोक्ताले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।
नेपाली ग्राहकको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विडलगायत अन्य भेरियन्ट्का गाडी नेपाली बजारमा उपलब्ध छन् । यस योजनामा कम्पनीको नियम तथा शर्तहरू लागु हुने छन् ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
प्रतिक्रिया