रेनोको दसैंँ-तिहार लक्षित ‘रेनो उत्सव’

काठमाडौँ । रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, दुई वर्षका लागि निःशुल्क सर्भिसिंगको साथै एक्स्चेञ्ज बोनस, लोयल्टी बोनसलगायत अन्य आकर्षक अफर प्राप्त गर्न सक्ने छन् । यसको साथै रेनो उत्सवअन्तर्गत उपभोक्ताले स्योर शट इजी फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेञ्जको पनि लाभ उठाउन सक्ने छन् ।
नेपालीहरूको महान चाड विजया दशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्देश्यको साथ यी अफर ल्याइएको कम्पनीले जनाएको छ । यो अफरसँगै नेपाली उपभोक्ताले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।
नेपाली ग्राहकको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विडलगायत अन्य भेरियन्ट्का गाडी नेपाली बजारमा उपलब्ध छन् । यस योजनामा कम्पनीको नियम तथा शर्तहरू लागु हुने छन् ।
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया