आइतबार, फागुन १०, २०८२

महानगरको डोजर चल्याे माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि

मेरोन्यूज २०७९ भदौ २७ गते १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।
गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा महानगरले डोजर चलाएको छ ।
महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि सुनधारास्थित काठमाडौं मल, पशुपति, न्युरोडस्थित आरबी कम्प्लेक्स, सुरज आर्केड, तीनकुने, कोटेश्वर, जडिबुटी शान्तिनगर, नयाँ बसपार्क, मित्रनगर, बनस्थली, असन–इन्द्रचोक–न्युरोड, गौशला क्षेत्रका अवैध संरचनामा महानगरको डोजर चलेको थियो ।

प्रतिक्रिया