काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा

काठमाडौं । आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अङ्क जोडे । प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइएको हो ।
समूह ‘ए’ बाट ७ अङ्कका साथ ‘द सेलिब्रेसन’ को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अङ्कसाथ एआईटीएम उपविजेता हुँदै सेमिफाइनल पुगेको हो ।
आयोजक दुवै टोलीको भेट सेमिफाइनलमा हुनेछ भने अर्को सेमिफाइनल सेलिब्रेसन को–एड र एआईटीएमबीच हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
भक्तवीरसिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा मण्डिखाटारस्थित आयोजककै हातामा भइरहेको उक्त प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया