इस्टर्न हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आईपीओ भर्ने २८ भदौ अन्तिम दिन रहेको छ । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई एक सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम् एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आईपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन् । इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया