बलिउडको लगानीमा ‘सायरा’ बन्दै, आर्यन सिग्देलसँग सुफियाले अनस्क्रिन रोमान्स गर्दै

काठमाडौं । नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । मंगलबार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमबीच घोषणा गरिएको ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको निर्माण रहनेछ । पुष्करसँग नेपाली ब्यानर डीबीआर मेडिया एन्ड मुभिज र आइविल प्रोडक्सन स्ष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।
भिलेज ब्वाई प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुष्करले नेपाली फिल्म बनाउन पाउँदा खुसी लागेको बताए । ‘नेपाली फिल्म बनाउने इच्छा थियो । अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्व बजारमा लैजाने मसहित टिमको तयारी छ । हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ,’ पुष्करले भने ।
निर्देशक विशाल देसाईले नेप-इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए । ‘मलाई निर्देशकको रूपमा चयन गर्नु भएकोमा उत्साहित छु । हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ,’ उनले भने ।

फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिएको भन्दै पुष्कर र विशाललाई धन्यवाद दिए । ‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु । हामीले यसलाई हिन्दी भाषामा ओटीटीमार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौँ । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ,’ रघुले भने ।
फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिट्टै जानकारी दिने प्रस्तुतकर्ता रघु परियारले बताए । फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए । ‘फिल्म कसरि बन्छ सँगै कसरी प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रस्ट छ । त्यसैले पनि काम गर्न उत्साहित छु,’ आर्यनले भने ।
डान्सिङ रियालिटी शो वुगी वुगी विजेता कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन् । उनले टिमले आफूलाई जोडिन मद्दत गरेको बताइन् । ‘म राम्रो डेब्युको खोजीमा थिएँ । भनेझैँ टिम पाउँदा डेब्यु गर्दैछु । भूमिका पनि सुहाउँदो छ,’ उनले भनिन् । दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।
यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता रघु परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए ।
कार्यक्रममा उपस्थित हुन् नपाउँदा दुःख लागेको भिडियो सन्देश सुफिया सिद्दिकीले पठाएकी छन् । उनले नेपाली फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको बताइन् । ‘मैले बलिउड र हलिउडको केही फिल्ममा काम गरेकी छु । यसपटक नेपाली–इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो सन्देशमा भनेकी छन् ।
तस्बिर सौजन्य : ज्ञानु राई
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया