नेपालीले नामै नसुनेको देश ‘सेन्ट किट्स एण्ड नेभिस’ले नेपाललाई गर्यो साढे १४ अर्बभन्दा बढी लगानी

काठमाडौं । सेन्ट किट्स एण्ड नेभिस – एउटा टापु देश हो, जुन वेस्ट इन्डिज क्षेत्रमा छ । यो देशको नाम अधिकांश नेपालले सुनेकै छैनन् ।
सुन्दा अचम्म लाग्नसक्छ, जुन देशको नाम अधिकांश नेपालीले सुनेकै छैनन् त्यही देशबाट नेपाएमा साढे १४ अर्ब रुपैयाँभन्दा बढीको लगानी आएको छ ।
हो, सेन्ट किट्स एण्ड नेभिस देशबाट आर्थिक वर्ष २०७७/७८ सम्ममा नेपालमा १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ उक्त कुरा समेटिएको छ ।
प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्मा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी क्रमसः भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ, चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ रहेको देखिन्छ ।
नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी गर्नेको सूचीमा सेन्ट किट्स एण्ड नेभिस पाँचौं नम्बरमा रहेको छ । हालसम्म नेपालमा भएको प्रत्यक्ष वैदेशिक लगानीको ६.४ प्रतिशत हिस्सा सेन्ट किट्स एण्ड नेभिसको रहेको छ ।
सेन्ट किट्स एण्ड नेभिसको क्षेत्रफल मात्र २६१ कीलोमिटर स्क्वायर छ जुन नेपालको क्षेत्रफलभन्दा ५६३ गुनाभन्दा बढीले सानो हो । सेन्ट किट्स एण्ड नेभिसको जनसंख्या करिव साढे ४७ हजार रहेको छ । यो भनेको नेपालको जनसंख्याभन्दा ६१३ गुनाले कम हो । सेन्ट किट्स एण्ड नेभिसको ८७.६ प्रतिशत जनसंख्या क्रिस्चियन रहेका छन् ।
राष्ट्र बैंकका अनुसार सेन्ट किट्स एण्ड नेभिसबाट नेपाल भएको सबै प्रत्यक्ष वैदेशिक लगानी सेवा क्षेत्रमा भएको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया