पूर्वी नवलपरासीमा डेँगु परीक्षण किटको अभाव

नवलपरासी । पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ ।
जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार १५ दिनदेखि जिल्ला अस्पतालमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । डेँगुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको सुवेदीले बताए । जिल्ला अस्पतालमा साउन र भदौ गरी अहिलेसम्म नौजना मात्रै डेङ्गुका बिरामी फेला परेका छन् ।
सूचना अधिकारी सुवेदीले भने “उच्च ज्वरोका बिरामी धेरै नै आउनुभएको छ, तर परीक्षण किट अभावले डेङ्गुबाहेकको ज्वरोका अन्य कारण पहिचान र परीक्षण गरी उपचार गरेका छौं ।” सम्भावित बिरामीलाई नजिकको अस्पतालमा परीक्षणका लागि पठाएर पनि उपचार गरेको सुवेदीले बताए । डेङ्गु परीक्षण किट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ ।
पटक पटक प्रदेश सरकारसँग माग गरिएको भए पनि प्रदेश आपूर्ति व्यवस्थापन महाशाखामा पनि किट अभाव भएका कारण उपलब्ध हुन नसकेको सुवेदीले जानकारी दिए ।
अहिले ओपिडीमा दैनिक २० जना डेङ्गुका सम्भावित बिरामी आउने गरेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कमलराज न्यौपानेले बताउनुभयो । सेतो रगतको कमी वा गम्भीर बिरामीहरुलाई मात्रै अस्पताल भर्ना गरेर उपचार गरेको भन्दै डा न्यौपानेले भने “डेङ्गु किटको अभाव भए पनि अन्य अस्पतालमा परीक्षण गरेर रिपोर्टअनुसार उपचार गरेका छौँ,दैनिक दुई जना डेङ्गुका बिरामी भर्ना भएका छन् ।”
जिल्लाको सरकारी अस्पतालमा नै डेङ्गुको परीक्षण नहुँदा सेवाग्राही निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन् । सूचना अधिकारी सुवेदीका अनुसार जिल्ला अस्पतालमा डेङ्गुको मात्रै होइन स्क्रब टाइफसको परीक्षण किटको पनि अभाव रहेको छ । रासस











बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया