सामूहिक बलात्कारका फरार अभियुक्त आठ वर्षपछि पक्राउ

काठमाडौं । मोरङमा सामूहिक बलात्कारका फरार अभियुक्तलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । मोरङ याङ्शीलाकी एक युवतीलाई सामूहिक बलात्कार आरोपपछि फरार रहेका केराबारी(८ का अशोक कुमार बस्नेत भनिने गिरिजाप्रसाद बस्नेतलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।
अदालतले उनलाई फैसला कार्यान्वयनका लागि भन्दै जिल्ला कारागार मोरङ पठाएको छ । २०७१ साल जेठ ९ गते एक १६ वर्षीय युवतीलाई बस्नेतसहित तीन जनाले सामूहिक बलात्कार गरेका थिए ।
उक्त घटनामा संलग्न अर्का व्यक्ति प्रकाश थापालाई भने प्रहरीले तत्कालै पक्राउ गरेको थियो । अदालतले दोषि ठहर गरेसँगै थापा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका छन् । घटनामा संलग्न अर्का एक जना फरार रहेको बेलबारी प्रहरीले जनाएको छ ।
केराबारीको एक विद्यालयमा अध्ययन गरेर फर्किने क्रममा थापा र बस्नेतसहितका तीन युवाले ती युवतीलाई मोटरसाइकलमा राखेर पिर्रे जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए ।
जिल्ला अदालत मोरङले उनीहरु तीनै जनाविरुद्धको मुद्दामा २०७८ भदौ ३ गते समान हिसाबले २५ हजार जरिमाना र १३ वर्ष कैद हुने ठहर गरेको थियो ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया