सोमबार, फागुन ११, २०८२

विट्साको इभेन्टमा खल्तिले पायो ‘डिजिटल अपर्चुनिटीर इन्क्लुजन’को अवार्ड

मेरोन्यूज २०७९ भदौ ३१ गते १७:३५

काठमाडौं । सेप्टेम्बर १४ मा पेनाङ, मलेसियामा आयोजित WITSA Global Innovation & Tech Excellence Awards 2022 मा रहेको थुप्रै क्याटागोरी मध्ये खल्ती ले ‘डिजिटल अपर्चुनिटीर इन्क्लुजन क्याटागोरी  ( Digital Opportunity/Inclusion Award) को अवार्डद्वारा सम्मानित भएको छ। उक्त अवार्ड WITSA (World Innovation, Technology, And Service Alliance) ले प्रदान गरेको थियो।

Advertisement
nepal life insurencenepal life insurence

यस अवार्ड कार्यक्रममाविश्वभरका ८० भन्दा बढी देशहरू सहभागीता थियो। बहु प्रतिष्ठित अन्तराष्ट्रिय WITSA अवार्ड बाट Khalti सम्मानित हुदा यसले नेपाललाई पनि अन्तराष्ट्रिय स्थरमा चिनाएको छ। उक्त अवार्डमा उपस्थित खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का ले खल्तिलाई आजको दिन यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारीरएजेन्ट, नियामक, खल्ती र अन्य सरोकारवालाहरू प्रति धन्यवाद टक्र्याउनु भयो। साथै आउँदा दिनहरूमा अन्तराष्ट्रिय बजार वित्तीय सेवाको प्रविधि बुझ्दै आफ्नो सेवालाई अन्तराष्ट्रिय बजारमा पनि विस्तार गर्ने उदेश्य रहेको जानकारी गराउनु भयो।

The World Congress On Innovation & Technology (WCIT) सन् १९७८ देखि स्थापना भएको World Innovation, Technology And Services Alliance (WITSA) को एक महत्वपूर्ण तथा प्रतिष्ठित इभेन्ट हो। यस इभेन्टमा विश्वभरका विभिन्न प्रतिष्ठित आइटि लिडर्सहरूको सहभागिता देख्न सकिन्छ।

यस अवार्डका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुनः भन्नुहुन्छ “ खल्ती ध्क्ष्त्क्ब् को अवार्ड द्वारा सम्मानित हुनु हाम्रो र हाम्रो देश नेपालको लागि निकै गौरभको कुरा हो। यस अवार्डले हामीलाई लक्ष्यप्रति थप गम्भीर हुन प्रोत्साहन दिंदै थप चुनौती थपिदिएको छ।”

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजारं एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्। यस मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै, खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरूले पनि धेरै साना तथा ठूला व्यवसायहरूलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ।

प्रतिक्रिया