नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

काठमाडौं । नेपाल पुलिस क्लवले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेको छ। राजधानीमा सम्पन्न पुरूष क्रिकेटको फाइनलमा विभागीय प्रतिद्वन्द्धी नेपाल आर्मी क्लबलाई ८ विकेटले हराउँदै स्वर्ण पदक जितेको हो।
पुलिसको जितमा कुशल भुर्तेल र सुनिल धमलाले विस्फोटक पारी खेले। पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका भुर्तेलले १९ बलमा ५१ रन जोडे।
१७ बलमै अर्धसतक बनाएका भुर्तेलले ६ छक्का र ३ चौका प्रहार गरे। यस्तै १७ बल खेलेका धमलाले ४ छक्का र २ चौकासहित ४२ रन बनाए।
दिपेन्द्र सिंह ऐरीले ४ रन बनाउँदा आरिफ शेखले ६ रन बनाउँदै ७ बल अगाडिनै जित दिलाए। आर्मीका लागि जितेन्द्र मुखिया र सुशन भारीले १-१ विकेट लिए।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो।।
आर्मीका कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए। रोहित पौडेलले १० बलमा ४ छक्कासहित २८ रन बनाए।
पुलिसका गुलशन झाले २ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। स्पिनर ललित नारायण राजवंशीले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए। राशिद खान र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया