इजरायली हमलामा छ सिरियाली सैनिक मारिए
मेरोन्यूज
२०७९ असोज १ गते ९:०३

दमास्कस । इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन ।
सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पु¥याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पु¥याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ ।एजेन्सी
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया