सबै गतिविधि निर्वाचनमा केन्द्रित गर्न एमाले लमजुङको आग्रह
लमजुङ । नेकपा एमाले लमजुङले अबका सबै गतिविधि निर्वाचन केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार मदन–आश्रित भवनमा बसेको १०औं सचिवालय बैठकले ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यस्तो आग्रह गरेको हो ।
बैठकले सबै पालिका कमिटीहरूको बैठक समेत तय गरेको छ । जसमा बेसीशहरको ७ असोजमा, ८ असाेजमा सुन्दरबजारकाे, मध्यनेपालकाे ६ असोजमा, मर्स्याङ्दीमा ५ असोजमा, राईनासमा ४ असोजमा, क्ब्होलासोंथरमा ५ असोजमा, दोर्दीमा ६ असोजमा र दुधपाखरीको ९ असोजमा पालिका कमिटीको बैठक तय गरिएको एमाले जिल्ला कमिटीका सचिव शुभाष पौडेलले जानकारी दिए ।
बैठकले गोपालकृष्ण अधिकारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला लेखा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा उदय न्यौपाने, सचिवमा नरबहादुर रिमाल र सदस्यहरुमा क्षेत्रनाथ थपलिया, नबराज श्रेष्ठ, असिम अधिकारी र कमला थापा रहेका छन् ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया