सुदूरपश्चिमका बाढीपीडितको सहयोग र उद्धारका लागि नेका नेत्री देउवाको अपिल

नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा देउवाले आज विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
साथै उहाँले पहिरोमा परेर घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्नुभएको छ । पहिरोमा परी ज्यान गुमाउनेहरूका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उहाँले आग्रह गर्नुभएको छ ।
त्यसैगरी डा देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रम लगी पीडितलाई सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।
वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यन्वयन गर्न पनि उहाँले सरकारसँग अनुरोध गर्नुभएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया