सोमबार, फागुन ११, २०८२

सुदूरपश्चिमका बाढीपीडितको सहयोग र उद्धारका लागि नेका नेत्री देउवाको अपिल

मेरोन्यूज २०७९ असोज १ गते १८:४६

नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गर्नुभएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा देउवाले आज विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

साथै उहाँले पहिरोमा परेर घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्नुभएको छ । पहिरोमा परी ज्यान गुमाउनेहरूका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उहाँले आग्रह गर्नुभएको छ ।

त्यसैगरी डा देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रम लगी पीडितलाई सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।

वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यन्वयन गर्न पनि उहाँले सरकारसँग अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया