वर्तमान व्यवस्थाको विकल्प छैन : बागमती प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले वर्तमान राजनीतिक व्यवस्थाको विकल्प नभएको बताउनुभएको छ ।
बागमती प्रदेश सचिवालयले आयोजना गरेको बिदाइ एवं शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान व्यवस्थाको विकल्प नभएकाले सबै मिलेर यसलाई राम्रो र बलियो बनाउनुपर्ने बताउनुभयो । प्रदेश प्रमुख शर्माले सङ्घीयताविरोधी कुराको कुनै औचित्य नरहेकाले उक्त कुरामा रुमलिन नहुने जनाउनुभयो ।
उहाँले प्रदेश सरकारले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकाले सफल भएको बताउनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले केन्द्र र स्थानीय सरकारको अभ्यास पुरानो भए पनि प्रदेश सरकारको अभ्यास नयाँ भएको र यसले नै सङ्घीयता कार्यान्वयन गर्ने बताउनुभयो ।
उहाँले मन्त्रालय विस्तार गर्दा विषयगत कार्य गर्न सहज भएको र देखिने काम सुरु भएको बताउनुभयो । प्रदेश सरकारको सिंहदरबार एकै स्थानमा राख्नका लागि हेटौँडामा ५५ बिघा जमिन प्राप्त गर्ने र भौतिक संरचना निर्माणकार्यको सुरु केही समयमा नै हुने जनाउनुभयो । मुख्यमन्त्री पाण्डेले हेटौँडा अस्पतालमा केही समयभित्रै मिर्गौला प्रत्यारोपणजस्ता जटिल शल्यक्रिया सुरु गरिने जानकारी दिनुभयो ।
यसैगरी प्रदेश राजधानी र सङ्घीय राजधानी जोड्ने सडकखण्ड पनि निर्माणाधीन रहेको जनाउनुभयो । पूर्व सरकारको राम्रा कामको निरन्तरता कायम राखेको र अनावश्यक योजना भने हटाइएको उहाँको भनाइ छ । कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले काम गरेन वा प्रदेश सरकार काम छैन भनेर निर्वाचनमा जान नैतिकताले नदिने बताउनुभयो ।
उहाँले विविध कारणले लक्ष्यअनुरुप कार्य नभएको भए पनि उल्लेख्य कार्य गर्न प्रदेश सरकार सफल भएको धन्यवादसमेत दिनुभयो ।
उहाँले जनप्रतिनिधिलाई जनताले कति कानुन बनाउनुभयो भन्ने प्रश्न नगर्ने तर कति आयोजना बनाउनुभयो भन्ने प्रश्न गर्ने कारण पनि जनप्रतिनिधि कानुन बनाउनभन्दा भौतिक निर्माणमा सांसदहरूको चासो रहने प्रष्ट्याउनुभयो ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया