लेवान्डोस्की चम्कदा बार्सिलोनाको सहज जित

काठमाडौं । १० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा मेम्पिस डिपाएले एक गोल गरे । खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउदै मैदान छोडेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।
घरेलु टिमका लागि रोवर्ट लेवान्डोवस्कीले ३४औं मिनेटमा अग्रता दिलाएका थिए । यस्तै, ४१औं मिनेटमा मेम्फिस डिपेले बार्सिलोनाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा लेवान्डोवस्कीले नै बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
यसै सिजन बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी गरेको यो ११औं गोल हो ।
बार्सिलोना यो सिजन घरेलु लिगमा अझै अपराजित छ । जितसँगै ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो । यद्यपि, एक अंकले मात्र दोस्रो स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया