स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता घटे

खोटाङ । गत ३० वैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेका छन् ।
स्थानीय तह निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेकोमा आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४२ हजार सात सय ९२ मतदाता कायम भएका छन् । आसन्न निर्वाचनमा पुरुष ७४ हजार नौ सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गत १ असारदेखि १९ साउनसम्म एक हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदाता घटेका हुन् । मृत्यु भएका, बसाई सरेका र डुप्लिकेसन भएका मतदाताको लगत कटाएका कारण मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । करिब सात सय मतदाता बसाई सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा डुप्लिकेसन भएका कारण नाम हटाएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र तोकिएका छन् ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्रतिक्रिया