आमनागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस्ः गृहमन्त्री खाण

काठमाडौं । आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको आयोजना गरेको हो ।
आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट सुरु भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताएका थिए ।
राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको उनले बताएका थिए ।
‘आमनागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ । जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ । आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ,’ गृहमन्त्री खाणले भने ।
नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्वास उनले व्यक्त गरे ।

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया