टीभीएसद्वारा सुर्खेत क्षेत्रमा ३५ जना राइडरका साथमा एओजी राइडको आयोजना

काठमाडौं । लोकप्रिय दूई पांग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा आफ्ना आदर्णिय ग्राहकवर्ग लक्षित “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । असोज १ गतेका दिन, सुर्खेत देखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यू सम्म आयोजित उक्त राइड अन्तर्गत ३५ जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए ।
कार्यक्रम अन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए । कार्यक्रमा मन्तब्य राख्दै विकले भने “यो हाम्रो लागि गर्वको कुरा हो । पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु ।”
टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय वाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।














समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया