अन्य पार्टीबाट आएकालाई एमालेमा समानुपातिक मापदण्ड लचिलो
काठमाडौं । नेकपा एमालेले अन्य पार्टीबाट आएकालाई समानुपातिक उम्मेदवार बनाउन मापदण्ड लचिलो बनाएको छ ।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको नेकपा एमालेको सचिवालय बैठकले अन्य दलबाट पार्टीमा प्रवेश गरेकालाई समानुपातिकमा राख्ने मापदण्ड खुकुलो गरेको हो ।
एमाले उपमहासचिव समेत रहेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पार्टीले समानुपातिकमा राख्ने मापदण्ड अन्य दलका लागि लचिलो व्यवस्था गरिएको बताए ।
संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिकमा रहेर प्रतिनिधित्व गरिसकेकालाई यसपटक समावेश नगरिएको उनले बताए ।
‘पहिलो संविधान सभादेखि दोस्रो संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिक भएर प्रतिनिधित्व गरिसकेका महिला वा पुरुषलाई यसपटक समावेश गरेका छैनौँ । दोस्रो, विगतको निर्वाचनमा उम्मेदवार भएर पराजित भएकाहरु, जित्ने जितिहाल्यो, तिनीहरुलाई पनि यो लिस्टमा समावेश गरेका छैनौँ। २०७४ को निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख भएर निर्वाचित भएकाहरुलाई पनि यसपटक यो सूचीमा समावेश गरेका छैनौँ’, उनले भने ।
तर अन्य दलबाट आएकाको हकमा भने लचिलो व्यवस्था गरिएको उनले बताए । ‘अरु विभिन्न पार्टीबाट आएका नयाँको हकमा भने यो मापदण्डलाई छोडेर अलिकति लचिलो भएर निर्णय गरेका छौँ’, उनले भने ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा
प्रतिक्रिया