सोमबार, फागुन ११, २०८२

डडेलधुराबाट समानुपातिकमा आरजु राणा

मेरोन्यूज २०७९ असोज ३ गते १४:१६

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । आइतबार साँझ सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको एक नेताले बताए ।
राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो । २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् । भने प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया