बाबुआमा हराएपछि छोराछोरीको बिचल्ली
कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उहाँकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् । विसं २०७८ माघ ९ गते दुवै घरबाट निस्केर दाङ जान्छु भनेर ती दम्पत्ति हिँडेका थिए । दुवै बोल्न नसक्ने थिए ।
दम्पत्ति हराउँदा उनीहरुका सन्तानलाई खान र लगाउन समस्या भएको छ । बोल्न नसक्ने आमाबुवा हराउँदा तीन छोरी र एक छोरा बिचल्लीमा परेका छन् । छोरीहरु १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र वर्ष छका छोरा सुवास समस्यामाछ न् । माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन् । आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताउनुभयो ।
रामकलीले भन्नुभयो, “सकेजति आमाबुवाको खोजी गरिहेका छाँै तर कहीँ कतै भेटिनुभएको छैन ।” वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताउनुभयो । सञ्चारमार्फत सबै ठाउँमा दुवैको हुलियासहित जानकारी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “अहिलेसम्म कहीँबाट कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउँछौँ ।” बुवाआमा आउछन् भन्ने आस गरेको पनि आठ महिना पुग्नै लागेको छोराछोरीको भनाइ छ ।
बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका–१ सोनपुरमा रहेको मावली हजुरबुवा हरिप्रसाद थारुको घरमा बस्दै आएका छन । अरुको खेतमा काम गर्ने हरिप्रसाद आफैँ बिरामी परिरहनुहुन्छ । हरिप्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताउनुभयो । छोरी ज्वाईलाई धेरे खोज्ने प्रयास गरे पनि कहीँ कतै नभेटिएको उहाँले बताउनुभयो । एक दिन आउछन् भन्ने विश्वास रहेको उहाँको भनाइ थियो ।
माइली छोरीले पनि आमाबुवा बोल्न नसक्ने भएपनि हाम्रो साहारा हुनुहुन्थ्यो भन्नुभयो ।
















वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया