दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय डा नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आज महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो । प्रसाईँका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरिएको छ ।
आदेशमा भनिएको छ, “जिल्ला प्रहरी परिसर काठमाडौँको लिखित जवाफबाट निर्वाचन आयोगको मिति २०८२/११/०४ को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखि पठाएबमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदकउपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू ।”
अदालतले यही मङ्गलबारका लागि उक्त विवादमा सुनुवाइ तय गरेको छ । प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो । सोही विषयमा अदालतले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया