डडेल्धुरामा कार दुर्घटना, चार जना घाइते
मेरोन्यूज
२०७९ असोज ३ गते १७:२७
धनगढी । धनगढीबाट हिँडेको कार डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार धनगढीबाट दीपायलतर्फ गइरहेको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित गजरौलामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तरगत सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।
दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐर (चालक) सहित दीपायलका अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले बताए ।
घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरूलाई डडेल्धुरा अस्पताल लगिएको छ ।
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा
प्रतिक्रिया