‘महापुरुष’ को नयाँ गीत बेमौसमीमा रोमान्टिक अरुण–अञ्जना र हरिवंश–गौरी

काठमाडौं । आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् ।
गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
अभिनेता हरिवंश आचार्यले अहिले बजारले खोजिरहेको फिल्म ‘महापुरुष’ रहेको बताए । ‘अहिले बजारले व्यावसायिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेका छन् । यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ,’ उनले भने । फिल्म पारिवारिक ड्रामा रहेको उनले बताए । सार्वजनिक गीतमा हरिवंशले गौरीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।
उनीहरू प्रेमभाव गीतमा देख्न सकिन्छ । ‘गीत छायांकन गर्दा धेरै रमाइलो भयो । यो अव्यक्त हाम्रो उमेर समूहको व्यक्तिको कथा पनि भन्न सकिन्छ । केहीले यसलाई व्यक्त गर्नु हुन्छ भने केहीले भन्न सक्नु हँुदैन । यो कथाले हरेकलाई छुन्छ,’ आचार्यले भने ।
गीतमा बा र छोराको प्रेम सन्दर्भलाई प्रस्तुत गरिएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘हामीले यसमा समाजको गम्भीर विषयवस्तुलाई सरल किसिमले प्रस्तुत गरेका छौँ । अघिल्लो फिल्मको तुलनामा यहाँसम्म आइपुग्दा झनै दायित्वबोध भएको छ,’ उनले भने ।
‘लोभीपापी’ पश्चात दोस्रोपटक हरिवंशसँग स्क्रिन सेयर गरेको गौरीले बताइन् । ‘यसमा हामीले गरेको मिहिनेत विस्तारै देखिएला । तर मैले नयाँ कुराहरू सिक्न पाएँ । गीतले थोरै हिन्ट गरेको छ,’ उनले भनिन् ।
अरुण क्षेत्रीले राम्रो टिमसँग जोडिएर डेब्यु गर्न पाएको बताए । ‘उहाँहरूको ऊर्जाले मलाई निकै हेल्प गरेको छ । गीतमा काम गर्दा निकै रमाइलो भयो । केही अगाडि मात्र छायांकन गरिएको गीत कथाअनुसार नै अगाडि बढ्छ,’ अरुणले भने ।
डेब्यु गर्ल अञ्जनाले पनि यस टिमसँग सहकार्य हुँदा निकै खुसी लागेको बताइन् । ‘यो टिमले मलाई यस उद्योगमा प्रवेश गर्दा धेरै सिकाएको छ । यो मेरो लागि फिल्म क्षेत्रमा आउनु अगाडिको स्कुल झैँ भएको छ,’ उनले भनिन् ।
LINK : https://www.youtube.com/watch?v=xOb0x7d_EWY&t=62s
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया